गरिमा विकास बैंकको लाभांश घोषणा


काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको ३३४ औं बैठकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको हो ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ रहेको छ । उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।