बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफूसंग भएको लगानीयोग्य रकम एक वर्ष वा सोभन्दा बढी अवधिको लागि मुद्दति निक्षेपमा लगानी गर्ने नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय कार्यालय मार्फत लिन चाहेको प्रस्तावित अमेरिकन डलर मुद्यती निक्षेप रकम, ब्याजदर र भुक्तानीको तरिका लगायतका विवरण भरी शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय बाहेकका अन्य कार्यालयबट प्राप्त भएको प्रस्ताव मान्य हुने छैन ।
प्रतिक्रिया