जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट ६ हजार ५ सय १६ कैदी फरार


काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारहरूमा उत्पन्न अव्यवस्थाको फाइदा उठाउँदै जम्मा ६ हजार ५ सय १६ जना कैदी फरार भएका छन् । कारागार व्यवस्थापन विभागअनुसार फरारमध्ये ५ हजार ८ सय ६८ जना नेपाली कैदी, ५४० जना भारतीय कैदी र १०८ जना अन्य मुलुकका कैदी रहेका छन् । 

आन्दोलनका क्रममा कारागारहरूमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा कैदीहरूले भाग्ने मौका पाएका थिए। सरकारले फरार कैदीहरूको खोजीका लागि विशेष सुरक्षा टोली गठन गरेको छ।