बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडको ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । नबिल बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ४७४ रूपैयाँ रहेको छ ।
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो ।
इच्छुक खरीदकर्ताहरूले बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौंमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । खरीदकर्ताहरूले आगामी सात दिनभित्र यो शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया