काठमाडौं – इजरायलले हमासको कब्जामा रहेका विपीन जोशी जीवित रहेको कुनै पनि प्रमाण आफूहरुले फेला नपारेको जानकारी उनको परिवारलाई गराएको छ । इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले आज रिहा हुन लागेका बन्दककको सूचीमा विपीनको नाम नरहेकाले उनी जीवित नरहेको जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।
पण्डितले भने जीवित नरहेको भन्ने जानकारी हमासले परिवारका सदस्य र मलाई पनि जानकारी गराएकाे छ । साथै, चमत्कार भयो भने घण्टा घण्टामा जानकारी गराउने पनि जानकारी दिएकाे छ । उनका अनुसार इजरायली सेनाले अहिलेसम्मको अवस्थामा विपीन जीवित रहेको कुनै तथ्य, प्रमाण केही नभेटिएकाे जनाएकाे छ।
पण्डितका अनुसार बन्दकको रिहाइसँगै मृतकको लाश पनि आज बुझाउन लागिएको तर, त्यसमा पनि विपीन नरहेको जानकारी प्राप्त भएको छ।
विपीनलाई ७ अक्टोबर २०२३ मा इजरायलको किब्बुज आलुमिममाबाट कब्जामा लिएर बन्दक बनाएको थियो। त्यसपिछ, सन् २०२३ नोभेम्बर १७ मा विपीन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर, त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका उनकाे एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।






About Us
प्रतिक्रिया