शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवालले लिए पद तथा गोपनीयताको शपथ


बैंकिङ्ग समाचार, काठमाडौं । 
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनियताको सथप ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष अग्रवाललाई शपथ ग्रहण गराएका हुन् । 

साउन १९ गते शिखर इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका अग्रवालले आइतबार ललितपुरको कुपनडोलस्थित बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएर शपथ लिएका हुन् । 

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको उपस्थिती रहेको थियो ।