नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाइ गाडी खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता


काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका देशभरका शाखाहरुबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले लक्ष्मी इन्टरकन्टिनेन्टलबाट हुन्डाई ब्राण्डका विभिन्न मोडलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप पचास हजारदेखि एकासी हजार रूपैयाँसम्म छुट हुने व्यवस्था गरिएको छ ।    

सम्झौता पत्रमाबैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टलको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरे ।