काठमाडौं – नेपाल राष्ट्र बैंकले शेयर बजारमा लागिरहेको २५ करोडको ऋणको सीमा हटाएपछि पनि शेयर शेयर बजारमा भारी अंकको गिरावट आइएको छ । अघिल्लो कारोबारको दिन (बिहिबार) बजारमा सन्तोषजनक वृद्धि देखिएर बजार बन्द हुँदा आज भने भारि अंकले बजार घटेर बन्द भएको छ ।
आज आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेसँगै ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीले ३८ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार गरेको छ।
आज दिनभरिमा ३२४ कम्पनीले शेयर कारोबार गर्दा सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताहरूले ६.०१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ९.२७ प्रतिशतका दरले गुमाएका हुन् ।






About Us
प्रतिक्रिया