काठमाडौं – नेपाल राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजीको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ। राष्ट्र बैंककाे भुक्तानी प्रणाली विभागले सूचना गर्दै कम्पनीकाे लाइसेन्स रद्द गरिएकाे जानकारी दिएकाे हाे।
फस्ट पेले २०७६ फागुन १३ गते राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स लिएको थियो। भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३ (६) बमोजिम फस्ट पेको लाइसेन्स रद्द गरिएको केन्द्रीय बैंकले जनाएकाे छ ।
उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ ।





About Us
प्रतिक्रिया