लाइफ इन्स्योरेन्स कर्पोरेशनको लेखा परीक्षकमा श्रेष्ठ र पौडेल चयन


बैंकिङ्ग समाचार,काठमाडौं । 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको लेखा परीक्षकमा पि एल श्रेष्ठ र राजेश पौडेललाई बाह्य लेखा परीक्षकमा नियुक्त गरिएको छ  ।

कम्पनीको गत बुधबार सम्पन्न २० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि पि एल श्रेष्ठ र कम्पनीका चार्टड एकाउन्टेन्ट राजेश पौडेललाई बाह्य लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।