काठमाडौं – अब क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ। केन्द्रीय बैंककाे विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।
विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम केन्द्रीय बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ ।
केन्द्रीय बैंकले क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न/गराउन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना प्रकाशन गरिएको जनाएकाे छ ।






About Us
प्रतिक्रिया