काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ।
सीटीईभीटीले बिहीबार एक सूचना जारी गर्दै नष्ट भएका उत्तरपुस्तिकाहरूको पुनः परीक्षा आगामी ४ मंसिरदेखि सञ्चालन गरिने जानकारी दिएको छ ।
जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको जलेकाे थियाे । परिषद्का अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।






About Us
प्रतिक्रिया