प्रहरीका चार डिआइजी एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं – नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक लाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो।

यी चारै अधिकारीलाई बढुवा समितिले असोज १२ गते एआईजीमा सिफारिस गरेको थियो। उक्त सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनीहरू अब औपचारिक रूपमा एआईजीका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन् ।

बढुवासँगै नेपाल प्रहरीको उच्च नेतृत्वमा नयाँ टोली प्रवेश गरेको छ। उनीहरूलाई चाँडै कार्य विभाजन गरी विभिन्न जिम्मेवारी तोक्ने तयारी भइरहेको छ।