आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयरहरु मध्ये आशिंक/पुरा शेयरहरु बिक्रीमा राखेको हो ।

संस्थाले सो शेयर खरिदका लागि पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने जनाएको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थाको विद्यमान संस्थापक शेयरधनीहरुले यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

इच्छुकले संस्थाको केन्द्रिय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्ने शेयर संस्था खुलाई आवेदन दिन सक्नेछन् ।