काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैङ्कको नामको दुरुपयोग गरी ठगी भइरहेकाले यसबाट सचेत रहन सजग गराएको छ । पछिल्ला दिनहरूमा केही अनधिकृत व्यक्तिहरूले बैङ्कको नाममा ग्राहकहरूलाई फोन गरी व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा बताई आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेकोले ग्राहकहरूलाई सचेत रहन आग्रह गरेको हो ।
साथै, राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै पनि कुनै पनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम पिन, मोबाइल बैंकिङ्ग तथा ई– बैंकिङ्गका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण नमागिने कुरा बैंक स्पष्ट पारेको छ ।

बैंकले ग्राहकहरूलाई अनधिकृत रूपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न आग्रह गरेको छ । साथै, यदि कहिकतै कुनै माध्यमबाट शङ्कास्पद गतिविधि भए गरेको पाइएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा मात्र सम्पर्क गर्नुहुन आम सर्वसाधारणमा हामी हार्दिक अनुरोध गरेको छ।
साथै, बैंकका आधिकारिक सूचना, अफर तथा योजनाहरू बैंकको आफ्नै वेबसाइट www.rbb.com.np बाट प्रकाशित गर्ने गरिएको जानकारी गराउँदछौँ। राष्ट्रिय वाणिज्य बैंक ग्राहकहरूको सुरक्षित बैंकिङ्ग कारोबारका लागि प्रतिबद्ध रहँदै आएको छ र यस्ता ठगीजन्य क्रियाकलाप विरुद्ध सचेत एवं सजग रहन सम्पूर्ण ग्राहकहरूलाई आह्वान गर्दछ ।






About Us
प्रतिक्रिया