नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख बढी संस्थापक शेयर विक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख बढी संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

साथै, उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले तोकिएको यस अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने बैंकले जनाएको छ ।