एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं – आज असोज २३ गते एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २४ गते बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाई तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले कात्तिक १२ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।