सुनको मूल्य बढ्याबढ्यै, पाँच दिनमा १६ हजारले बढ्दै साढे २ लाख हारारीमा पुग्याे


काठमाडौं – अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २०० रूपैयाँले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २०० रुपैयाँले बढेर दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । योसँगै प्रतितोला छापावाल सुन २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर २ हजार ९३० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ रुपैयाँ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ । सुनकाे मूल्य आइतबार तोलामा ७ हजार ४०० रुपैयाँले बढ्यो सुन, सोमबार २५ सय रुपैयाँ, मंगलबार २ हजार ३ सय रुपैयाँ, बुधबार प्रतितोला २६ सय रूपैयाँ र बिहीबार १२ सय रूपैयाँले बढेकाे छ।