प्रि ओपन सेसनमा २६.१३ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन ४५ दशमलव ३६ अंकले घटेर २५ सय ५९ दशमलव ५९ को बिन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २६.१३ अंक बढेर २५ सय ८५ दशमलव ७२ को बिन्दुमा कायम भएको छ।

आजको प्रि ओपन सेसन भरिमा १२१ कम्पनीले कारोबार गर्दा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेसँगै ४ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।

यस सेसनमा १ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ३८ हजार ५६९ कित्ता शेयर किनबेच भएको छ।