काठमाडौं – दसैं बिदा पछि खुलेको शेयर बजार दोस्रो कारोबारको दिन पनि भारी अंकले घटेर बन्द भएको छ । आज बुधबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दा परिसूचक समेत घटेको छ । आज परिसूचक २६ सयबाट ओरालो लागेर बजार २५ सय ५९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै आज ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीले २६ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ। त्यस्तै, यूनियन हाइड्रोपावरको २४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै साङ्ग्रिला डेभलपमेन्ट बैंक डिभेन्चर २०८७ का लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताहरूले ७.९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ६.१२ प्रतिशतका दरले गुमाएका हुन् ।






About Us
प्रतिक्रिया