काठमाडौं – सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार ७ वर्षे अवधिको यस ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने भएको हो ।
सरकारले यस विकास ऋणपत्रको नाम ‘विकास ऋणपत्र–२०८९’ रहेको छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म, अन्य निकाय वा व्यक्तिहरूले समेत असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल पेश गर्न सक्ने बताइएको छ।
यस ऋणपत्रको सावाँ भुक्तानी २०८९ असोज २३ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने उल्लेख छ ।






About Us
प्रतिक्रिया