काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन ५८ दशमलव ५५ अंकले घटेर २६ सय ४ दशमलव ९६ को बिन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.३१ अंक बढेर २६ सय १० दशमलव २७ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा ४० कम्पनीले कारोबार गर्दा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।
यस सेसनमा ४० लाख ६८ हजार २३४ रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै ३ हजार ८६४ कित्ता शेयर किनबेच भएको छ।






About Us
प्रतिक्रिया