बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह तर्फको ४ हजार १३१ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मिति साउन १७ ले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
त्यसैगरी,तोकिएको समय अवधि भित्र कुनैै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।





About Us
प्रतिक्रिया