काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् असोज २२ गते २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीमा तरलता बढेपछि ११ दिनको लागि २० अर्ब रुपैयाँ निक्षेप उपकरणमार्फत संकलन गर्ने भएको हो।
यसका लागी इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल गर्नसक्नेछन् । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी कात्तिक २ गते हुने केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकले यसका लागी घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने उल्लेख गरेको छ ।
केन्द्रीय बैंककाअनुसार निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ ।
यसमा निक्षेप संकलन गरिएकोरकम सम्बन्धित बोलवालाकोलगानी एयचतायष्यि हुनेभएकोलेसोरकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने एसएलआर तथा तरलता रेसियोमा गणना गर्न पाइनेछ ।






About Us
प्रतिक्रिया