काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ।
योसँगै प्रतितोला छापावाल सुन २ लाख ३५ हजार ४ रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।हिजो सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया