सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ योगदान


काठमाडौं – सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले मंगलबार अर्थमन्त्री रामेश्वर खनाललाई एक करोड पचास लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उक्त रकम नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माणका कार्यमा प्रयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ।