बैंकिङ्ग समाचार, काठमाण्डौ ।
प्रभु बैंकले ९ लाख १७ हजार १०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले इच्छुक जोकोही व्यक्ति लगायत उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।
प्रतिक्रिया