पेन्सन कोषको ७८ करोड लगानी गर्न राष्ट्र बैंकले माग्यो आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । ३६६ दिने मुद्दती निक्षेपमा केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थामा लगानी गर्न लागेको हो ।

वाणिज्य बैंकमा ६२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ११ करोड ७० लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ३ कराेड ९० लाख रुपैयाँ लगानी गर्ने भएकाले इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको लगानी रकम उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

आवेदन दिन लिन चाहेको रकम र दिन चाहेको ब्याज उल्लेख गरी  सिलबन्दी प्रस्ताव फारम बुझाउनु पर्नेछ । असोज २३ गते दिउँसाे १२ बजेभित्र प्रस्ताव फारम केन्द्रिय बैंकमा बुझाउँनुपर्नेछ । 

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएकोभन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको  लगायतका सर्त पुरा गरेको हुनुपर्नेछ।