सेवा आय १३ अर्ब २९ करोडले घाटामा


काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिनामा खुद सेवा आय १३ अर्ब रुपैयाँ बढीले घाटामा रहेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आव २०८२/८३ को पहिलो महिना साउनमामा खुद सेवा आय १३ अर्ब २९ करोड रूपैयाँले घाटामा रहेको हो।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड रुपैयाँ पुगेकाे छ। यसमध्ये शिक्षा तर्फकाे व्यय १४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२अर्ब ३२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १४ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।