काठमाडौं । दसैंको समयमा ‘स्क्यामर’ले नबिल बैंकको नाम र ब्राण्डको दूरुपयोग गर्दै ठगी धन्दा तीव्र बनाएका छन् । नबिल बैंकको नाम दूरुपयोग गर्दै सामाजिक सञ्जाल तथा वेभसाइटमा सर्भे फारम भरेमा ३० हजार बोनस पाइने प्रलोभन देखाउँदै सर्वसाधारणमा स्क्यामरले ठगी धन्दा चलाएका हुन् ।
यसो गरेको जानकारी पाएपछि नबिल बैंकले जोगिन प्रयोगकर्ता र सर्वसाधारणलाई आगह गरेको छ । सामाजिक सञ्जाल र वेभसाइटमा ‘सर्भे फारम भरेमा ३० हजार बोनस’ पाइने प्रलोभन देखाउँदै ठगी धन्दा चलाएपछि जोगिन बैंकले अनुरोध गरेको हो ।
‘नबिल बैंकले यसप्रकारको कुनै पनि योजना र बोनस प्रस्तावन नगरेको हुँदा यस्तो प्रचारमा विश्वास नगर्न अनुरोध गर्दछौं,’ बैंकले भनेको छ ।






About Us
प्रतिक्रिया