जेनजी आन्दोलनमा मृत्यू भएका प्रहरी परिवारलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो जनही डेढ लाख


काठमाडौं । जेनजी आन्दोलनमा मृत्यू भएका र घाइते भएका प्रहरी परिवारलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ लाख रुपैयाँ दिएको छ । जेनजी आन्दोलनमा मृत्यू भएका ३ जना प्रहरीको आश्रित परिवारलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो ।

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा हत्या गरिएका तीन जना प्रहरीको परिवारलाई जनही १ लाख ५० हजार रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको प्रहरीले जनाएको छ ।

यसबाहेक, घाइते एक जना प्रहरी कर्मचारीलाई ५० हजार रुपैयाँ प्रदान गरिएको प्रहरीले जनाएको छ । ३ जना मृतक प्रहरी र एक घाइतेलाई गरी कूल ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।