एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई गाभ्ने, भदौ ७ देखि एकीकृत कारोबार

एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई गाभ्ने, भदौ ७ देखि एकीकृत कारोबार


बैकिङ्ग समाचार । 
एनएमबि बैंकले सुदुरपश्चिमको कञ्चन डेभलपमेण्ट बैंकलाई आफुमा गाभेर भदौ ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । नियमक निकायबाट स्वीकृति पाए पछि बैंकले सबै प्रकृया पुरा गरेर एकीकृत कारोबार गर्न लागेको बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबिलाई अन्तिम स्वीकृति दिएको थियो ।

एनएमबिले कञ्चनलाई १०० कित्ता शेयर बराबर ८५ कित्ताको अनुपातमा विलय गरेको हो ।

२०७६ माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरिद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते आइतबार अन्तिम सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंकले एकीकृत कारोबार सुरु गरी शेयर सूचीकरण प्रकृया पनि तत्काल अघि बढाउने जनाएको छ । भदौ अन्तिमसम्मा दोस्रो बजारमा कञ्चनको शेयरलाई एनएमबिमा रुपान्तरण गरी सूचीकरण गराउने योजना बैंकको छ ।

योसँगै कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले १०० कित्ता बराबर एनएमबि बैंकको ८५ कित्ता शेयर पाउने छन् । शेयर सूचीकरण भए पश्चात कञ्चनको शेयरलाई एनएमबीमा रुपान्तरण गरी लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिनेछ ।

सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति बनाएको कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने जगेडा कोषको आकार ७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न सहज भएकोे र त्यसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा उपलब्ध गराउन मद्दत पुगेको बैंकले जनाएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५८ करोड ४४ लाख रुपैयाँ छ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

यसअघि ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदान प्रदान गरी एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका थिए ।

कन्चन डेभलपमेन्ट बैंकलाई खरिद गर्न एनआईसी एशिया, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि प्रयास गरेका थिए । यी बैंकहरुले कञ्चन डेभलपमेन्ट बैंकसँग चरणवद्ध छलफल गरे पनि अन्तत एनएमबि बैंकले खरिद गरेको हो ।