काठमाडौं – मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गरेर वाणिज्य बैंक बनाउने तयारीसहित साधारणसभा आह्वान गरेको छ । बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १५ गते आयोजना गर्न लागेको हो ।
बैंकको सो सभाले विकास बैंकको १९ औं साधारण सभामा प्रस्ताव भएबमोजिम पूँजी वृद्धि पश्चात, नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतीका आवश्यक प्रकृया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।
यस्तै, सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयर तर्फको हाल कायम चुक्ता पूँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९ रुपैयाँ आठ पैसाको १३.५३ प्रतिशतले हुने रकम ९५ करोड ३४ लाख पचास हजार, सात सय अठार रुपैयां तीन पैसा मात्र० बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
साथै, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको सेवा सुविधा पुनरावलोकन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने पनि सभाको ऐजेण्डा छ । यसैगरी, सभाले विकास बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ ।





About Us
प्रतिक्रिया