केन्द्रीय बैंकद्वारा साउनमा ३६ खर्ब ३८ अर्ब तरलता प्रशोचन


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा केन्द्रीय बैंकले ३६ खर्ब ३८ अर्ब बढी तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत २ खर्ब ५६ अर्ब १५ करोड र स्थायी निक्षेप सुविधामार्फत ३३ खर्ब ८२ अर्ब २० करोड रूपैयाँ गरी कुल ३६ खर्ब ३८ अर्ब ३५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेकाे हाे ।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद ४४ खर्ब ७६ अर्ब ४५ करोड रूपैयाँ तरलता प्रशोचन गरिएको थियो। समीक्षा अवधिमा विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ५५ करोड ४२ लाख खुद खरिद गरी ७७ अर्ब ५२ करोड रुपैयाँ तरलता प्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी ५५ अर्ब ४२ लाख तरलता प्रवाह भएकाे थियो।