काठमाडौं – बैंकहरुले दसैं बिदाको समयमा पनि बैंकहरुले बैंकिङ्ग सेवा सुचारु गर्ने भएका छन् । केही बैंकहरुले विजयादशमीको दिनमा पनि बैंकिङ्ग सेवा दिने भएको हो । बैंकहरुले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ्ग सेवा दिन लागेका हुन् ।
बैंकहरुले काठमाडौं उपत्यका र उपत्यका बाहिरका प्रमुख सहरमा दसैं बिदामा शाखा सञ्चालन गर्ने भएका हुन् । बैंकहरुले दसैंको समयमा नगद कारोबार मात्रै गर्ने भएका छन् भने सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गरेको छ ।
यता, नेपाल राष्ट्र बैंकले पनि व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ्ग सेवा सुचारु गर्न अनुरोध गरेको छ । केन्द्रीय बैंकले विजया दशमीको दिन बाहेक दसैं बिदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था गर्न आग्रह गरेको हो ।


















About Us
प्रतिक्रिया