काठमाडौं – नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि घर भाडामा लिने भएको छ। केन्द्रीय बैंकले सूचना प्रकाशित गरी गभर्नर पाैडेलका लागि ललितपुरको बखुण्डोलदेखि भैंसेपाटी क्षेत्रसम्मको लागि घरभाडामा लिन प्रस्ताव आह्वान गरेकाे हाे ।
केन्द्रीय बैंककाे सम्पत्ति तथा सेवा व्यवस्थापन विभागद्वारा जारी सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा कम्तीमा १६ आनादेखि २४ आनासम्म क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिने उल्लेख छ।
सूचनामा उल्लेख भएअनुसार घरमा कम्तीमा ६ वटा कार र जिप पार्किङ गर्न मिल्ने, आरसीसी स्टकचरसहित कम्तीमा १० हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको, कम्तीमा एउटा मास्टर बेडरुमसहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डायनिङ हल तथा स्टोर रुम लगायतका सुविधा हुनुपर्नेछ।
यी मापदण्डसहितको घर भाडामा दिन इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले यस विभागबाट उपलव्ध गराइने घरभाडा प्रस्ताव सम्बन्धी कागजात भरी असोज २७ गते कार्यालय समयभित्र प्रस्ताव पेस गर्न आह्वान गरिएकाे छ ।
गत भदौं २३ र २४ गतेको जेनजी प्रर्दशनका क्रममा गभर्नर पौडेलको ललितपुरको भैँसेपाटीस्थित घर जलाइएको थियो । यस्तै, गैडाकाेटस्थित घरमा समेत ताेडफाेड गरिएकाे थियाे ।






About Us
प्रतिक्रिया