काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दावी २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार बीमा दावीको सूचना आउने क्रम जारी रहेको छ ।
हालसम्म सम्पत्ति बीमा पाँच सय ९४, मोटर बीमा २ हजार २०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ । सबैभन्दा धेरै बीमा दावी बागमती प्रदेशको रहेको छ । सो प्रदेशमा एक हजार छ सय आठ वटा बीमा दावीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कोशीमा तीन सय ७७, मधेशमा तीन सय २३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटाको दाबी परेको छ । हालसम्म कूल दुई हजार नौ सय ८८ वटा बीमा दावीको आवेदन परेको छ ।
भौतिक क्षति धेरै भएकाले दावीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्राधिकरणको विवरणअनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी आवेदन परेको छ ।
यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको छ ।






About Us
प्रतिक्रिया