प्रायजसो चाडबाडमा हामीले एटिएम सेवा प्रयोग गर्दा एटिएम मेसिन बिग्रिएको पाउने गरेका छौँ । बैंक तथा वित्तीय संस्थाका अधिकांश कर्मचारी दसैं मनाउने छुट्टीमा बस्दा बैंकहरुले एटिएममा देखिएका समस्या तत्काल समाधान गरेका हुँदैनन् । जस कारण सेवाग्राही मारमा पर्ने गरेका छन् ।
तर, बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई लक्षित गरेर दसैंको समयमा एटिएम २४ घण्टा नै सञ्चालन गर्ने गर्छन् । त्यसो भए कसरी सञ्चालन हुन्छन् त दसैंमा एटिएम रु दसैंमा पैसाको जोहो गर्न सेवाग्राहीले कस्तो तयारी गर्ने रु आजको यो भिडियोमा हामी यही विषयको चर्चा गर्नेछौँ ।
चाडबाडमा हामी जो कोहीलाई पनि क्यासको आवश्यक पर्ने गर्छ । पैसाको खाँचो परेको समयमा एटिएम बिग्रिदा मानिसहरूलाई पैसा पाउन निकै कठिनाइ हुन्छ । नेपालीहरूको महान् चाड दसैंको समयमा एटिएम मेसिन बिग्रिनु एक आम समस्या हो । चाडपर्वको समयमा मानिसहरूको भिड हुने हुँदा एटिएममा लामो लाइन लाग्ने, एटिएमहरू चाँडै खाली हुने, एटिएमहरूको मर्मत र हेरचाहमा कमी आउने हुँदा एटिएमको प्रयोग गर्न असहज हुने कतिपयको बुझाई छ ।
तर, हरेका समस्याको समाधान हुन्छ । यहीकारण चाडबाडमा पनि एटिएममा समस्या देखिएमा बैंकले ग्राहकहरूको सन्तुष्टि र विश्वास कायम राख्नका लागि चाँडै समस्या समाधान गर्नुपर्ने हुन्छ । कुनै पनि बैंकको एटिएम बिग्रेको खण्डमा सेवाग्राहीले अर्को बैंकको एटिएम मेसिनबाट सेवा लिएको हुन्छ । कतिपय सेवाग्राहीले आफूलाई आवश्यक परेको समयमा सो बैंकको प्रविधि प्रयोग गर्न नपाएको आक्रोश बैंकमा पोख्दा बैंकको वित्तीय स्थिति नै पनि कमजोर बन्न जान्छ ।
कुनै पनि बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्न एटीएमहरूमा समस्या देखिएको केही समयमा नै मर्मत गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूले यो पटकको दसैंमा भने सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै उनीहरुको हितमा काम गर्ने बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले चाडबाडको समयमा बढी नगदको आवश्यकता पर्ने हुँदा अग्रिम पैसा निकाल्नु पर्ने बताएको छ ।
केन्द्रीय बैंकले सो समयका लागि सेवा ग्राही आफै पनि सचेत भई पूर्व तयारी गर्नुपर्ने बताएको हो । केन्द्रीय बैंकले एटिएमको विकल्पका रूपमा मोबाइल बैंकिङ्ग र अनलाइन ट्रान्जेक्सनलाई लिएर सहजताका साथ काम गर्न पनि आग्रह गरेको छ । जस कारण पनि आफूलाई चाहिने पैसाको जोहो पहिले नै गरौँ र इमर्जेन्सि परेमा मात्रै एटिएम रोज्ने गर्नुपर्ने देखिन्छ । यहीकारण, मोबाइल बैंकिङ्ग र अनलाइन ट्रान्जेक्सनलाई आत्मसाथ गर्ने गरौँ र दसैंमा एटिएमको समस्याबाट प्यानिक नबनौँ । धन्यवाद ।



About Us
प्रतिक्रिया