काठमाडौं – जीवन बीमक संघ नेपालको अध्यक्षमा प्रवीण रमण पराजुली निर्वाचित भएका छन् । भदौ २९ गतेमा काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनी अध्यक्षमा नियुक्त भएका हुन् ।
यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्षमा सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री, सचिवमा रिलायबल नेपालका सीईओ नारायण लोहनी, कोषाध्यक्षमा एशियन लाइफका सीईओ दिनेश लाल श्रेष्ठ र सदस्यहरुमा हिमालयन लाइफका सीईओ मनोजलाल कर्ण, राष्ट्रिय बीमा संस्थानका सीईओ सुन्दर पन्थी र एलआईसी नेपालका सीईओ प्रणय कुमार निर्वाचित भएका छन् ।






About Us
प्रतिक्रिया