काठमाडाैं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ ।
यस सम्झौता अनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत निःशुल्क मोतिबिन्दु शल्यक्रिया उपलब्ध गराउनेछ । यस क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आवश्यक औषधि, इन्ट्राअक्युलर लेन्स (IOL), एनेस्थेटिक औषधि तथा शल्यक्रिया–पूर्वका आवश्यक परीक्षणहरू पनि निःशुल्क उपलब्ध गराइनेछ ।
यसैगरी, काठमाडौं महानगरपालिका वडा नं. १८, मार्फत छानिएका ५० जना बिरामीहरूको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्र, पुरानो बानेश्वरमा सञ्चालन गरिनेछ ।
सम्झौताको क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समूहका कर्मचारी तथा मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगानाको उपस्थिति रहेको थियो।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस सम्झौता मार्फत समुदायमा स्वास्थ्य सुरक्षाको पहुँच विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
समुदायलाई प्रत्यक्ष लाभ हुने खालका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिइने पनि प्रतिवद्धता कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया