सपोर्ट लघुवित्तको १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं । 
सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रारको कार्यालय टेकु, काठमाडौंमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी,तोकिएको समय अवधि भित्र कुनैै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।