सगरमाथा लुम्बिनी इन्स्योरेन्सको परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं । 
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकोे परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त भएका छन् ।
कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।असार ७ गतेबाट नै लागु हुनेगरी उक्त पदमा  जोशीलाई  नियुक्त गरिएको हो ।

यस अघि कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी भगवान व्यापक गौडेलले सम्हाल्दै आएका कम्पनीले जनाएको छ ।