१२ सयले बढ्यो सुन, प्रतितोलाको २ लाख २२ हजार ५ सय रुपैयाँ


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय ४० रुपैयाँ कायम भएको छ।

यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदीको मूल्य प्रतितोला २६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।