बैंकिङ्ग समाचार, काठमाण्डौ ।
कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले करिब २ लाख ४० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ।
बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद राखिएको छ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया