काठमाडौं – नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३७औँ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे ।
सो अवसरमा उनले विपद् उद्दारकर्मीको रूपमा खटिँदा विपद्को जोखिमलाई मनन गरी तालिममा सिकाइएका व्यावहारिक एवम् सैद्धान्तिक ज्ञानलाई उच्चतम प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार दानीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ११ गतेदेखि सञ्चालित ४५ कार्य दिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी सहायक हवलदार १ जना र प्रहरी जवान २७ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।





About Us
प्रतिक्रिया