काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ३५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२७ कम्पनीको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोडको शेयर कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
आज यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १८ करोड ३४ लाख रुपैयाँकाे शेयर कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनकिा लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । प्रभु बैंक डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । कालिका पावरका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिटी होटल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ५५ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको १.४९ प्रतिशत, फाइनान्स समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको ०.४४ प्रतिशतले घटेको हो ।





About Us
प्रतिक्रिया