प्रतितोला १७ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यो हालसम्मकै उच्च मूल्य हो। त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २६ सय ८५ रुपैयाँ कायम भएको छ।