नेपाल इन्भेष्मेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेपाल इन्भेष्मेन्ट मेगा बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीको नाममा रहेको ८८ हजार ८ सय ५ कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकले विद्यामान संस्थापक शेयरधनीलाई सो शेयर खरिद गर्न पहिलो प्रथामिता दिएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यामान संस्थापक शेयरधनीले यो सूचाना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट काठमाडौंमा आफुले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

यदि बैंकले तोकेको समयभित्र सो शेयरमा विद्यामान संस्थापक शेयरधनीबाट आवेदन नआएमा सो शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैकले जनाएको छ ।