काठमाडौं – जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका घर भई काठमाडौं, कागेश्वरी मनोहरा बस्ने ५० वर्षीय केदारनाथ शर्मा रहेका छन् ।
उनी शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लि भक्तपुरका सञ्चालक हुन् । उनले सो सहकारीको रकम ठगी गरेका थिए । सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शर्मा मिति २०८२ भदौ २४ गतेको आन्दोलनको मौका छोपी फरार भएका थिए।
शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक समेत रहेका शर्मा भक्तपुर जिल्ला अदालतको आदेशअनुसार कारागार सजाय भोगिरहेका थिए। फरार भएपछि उनलाई खोजी गर्न प्रहरीद्वारा विशेष टोली खटाइएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले उनलाई आज ललितपुर महानगरपालिका–२, सानेपाबाट पक्राउ गरेको हो। पक्राउ परेपछि उनलाई पुनः श्री नख्खु कारागार कार्यालयमा बुझाइएको ब्युरोले जनाएको छ ।
प्रहरीका अनुसार शर्मा आर्थिक अपराधसँग सम्बन्धित मुद्दामा संलग्न रहेको पुष्टि भइसकेको छ । अब कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका उनलाई यसअघि सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको नेपाल ल्याएको थियो





About Us
प्रतिक्रिया