काठमाडौं – आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहारो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८९ अंकले घटेर बजार २६ सय ५४ दशमलव ३५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै, आज ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीले २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्सको कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला र सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताहरुले १०/१० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै हिम स्टार उर्जा कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ५.३८ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ११ उपसूचकमा राताम्य भएको छ । आज निर्जीवन बीमा समूहको १.५१ प्रतिशत, व्यापार समूहको १.६५ प्रतिशत, फाइनान्स समूहको १.३९ प्रतिशत र विकास बैंक समूहको १.१३ प्रतिशतले बढेको छ ।





About Us
प्रतिक्रिया